स्वदेशी व्यवसाय प्रवद्र्धन गर्न सरोकारवाला सहमत

268

नेपालगन्ज-स्वदेशी व्यवसाय प्रर्वद्धन गर्न नेपालगन्जका सरोकारवाला निकाय सहमत भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा मंगलबार आयोजित अन्तरक्रियामा सरोकारवाला सहमत भएका हुन् । नयाँ शैक्षिक सत्र सुरु हुनु एक महिना अघि आयोजना गरिएको अन्तरक्रियामा उपस्थित व्यवसायीले बोर्डिङ स्कुलले सीमापारी रुपैडिहाको ब्यापार प्रर्वद्धन गरिरहेको गुनासो गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतीय बजारमा उपभोक्ता केन्द्रित हुँदा स्वदेशी ब्यापारी मर्कामा परेको बताए । उनले भने, ‘अबदेखि यो परीपाटी अन्त्य हुनुृपर्दछ, पैसा कमाउने नेपालमा तर खर्च गर्ने भारतमा ? आन्तरिक वस्तु खरिद गरे पो देशको आर्थिक स्थीति मजबुत हुन्छ ।’ नेपालगन्जका ब्यवसायी हेमराज आचार्यले संस्थागत (बोर्डिङ स्कुल)का बिद्यार्थीलाई लक्षित गरेर झण्डै एक दशकदेखी डे«स, टाई, बेल्ट, जुत्ता, कापी, कलम, जुत्ता लगायत सामग्री उत्पादन गर्दै आएका छन् । तर, जिल्लाका कुल संस्थागत बिद्यालयमध्ये १० प्रतिशतले पनि मुस्किलले उनीसँग सामान खरिद गर्छन् ।

धेरैजसो प्रतिष्ठित स्कुलले नै भारतीय बजार रुपैडिहाका ब्यापारीबाट डे«स, टाई, बेल्ट, जुत्ता लगायत सामग्री किन्दा आफ्नो व्यवसाय फस्टाउन नसकेको स्वर्गद्धारी युनिर्फम हाउस तथा स्वर्गद्धारी गारमेन्ट उद्योगका सञ्चालक आचार्यको गुनासो छ । अर्का व्यवसायी बुद्धिराज बर्तौला पनि ब्यापारप्रति त्यति सन्तुष्ट छैनन् । आफुसँग करिव २०/२२ वटा बोर्डिङ स्कुल मात्र जोडिएको उनले बताए । विगत एक वर्षदेखि आफुसँग २०/२२ वटा स्कुलमात्र जोडिएको बर्तौलाको भनाई छ । निजी तथा आवासिय बिद्यालय अर्गनाईजेशन एनब्याब्सनका कृष्ण जिसीले आफ्नो संगठनमा आवद्ध रहेका बिद्यालयले स्वदेशमै उत्पादित डे«स, टाई, बेल्ट लगायत सामग्री प्रयोग गरिरहेको दाबी गरे । ‘स्वदेशी सामानको गुणस्तर हुनुपर्यो, रुपैडिहाकै मुल्यमा सामग्री पाउनु पर्यो, यति भएपछि हामी भारतीय बजार जादैनौं,’ उनले भने ।

बाँकेका बोर्डिङ स्कुलले भारतीय ब्यापारीबाट खरिद गर्ने सामान बन्द गर्न र भारतीय शैक्षिक संस्थामा कतिपय नेपालगन्जका अभिभावकले आफ्ना छोराछोरीलाई पढाउने प्रवृत्ती सँग-सँगै बन्द गर्नुपर्ने जिसीले सुझाव दिए । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनाद्र्धन आचार्यले पहिलेको तुलनामा पछिल्लो समयमा उपभोक्तामा धेरै जागरुकता आएको बताउँदै भने, ‘हाम्रो काम भन्सारमा कडाई गरेर बढी भन्दा बढी राजश्व संकलन गर्ने नै हो, उपभोक्तालाई भारतीय बजारमा नजाऊ भनेर हामीले भन्न मिल्दैन ।’ सो क्रममा बोल्दै नेपाली कांग्रेस बाँके सभापति किरण कोईराला, एमाले नेता दत्तप्रसाद आचार्य, संघिय समाजवादी फोरम बाँकेका सचिव बदुु्रदुजा खाँ, राष्ट्रिय जनता पार्टीका केशवराम बर्मा, उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य बसन्त लामिछाने लगायतले पनि स्वदेशी ब्यापार प्रर्वद्धनबारे आफ्नो धारणा राखेका थिए ।

Womui
Womui