जिल्ला हुलाकले सूचना उपलब्ध गरायो

42

नेपालगन्ज-जिल्ला हुलाक कार्यालयले अनुगमनबारे माग गरेको सूचना उपलब्ध गराएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम बागेश्वरी असल शासन क्लब (बास)मा आवद्ध नेपालगन्ज–१२ निवासी नमस्कार शाहले जिल्ला हुलाक कार्यालय बाँकेमा माघ १५ गते निवेदन दर्ता गराएका थिए । ऐन बमोजिम सूचना १५ दिनभित्र दिनुपर्ने व्यवस्था भएपनि सूचनाको हक प्रचलन र प्रवद्र्धनका बारेमा अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला हुलाक कार्यालयले सूचना उपलब्ध नगराएपछि सूचना अधिकारविरुद्ध कार्यालय प्रमुख समक्ष शाहले फाल्गुन ८ गते उजुरी दर्ता गराएका थिए । उजुरी पश्चात् कार्यालयले सूचना उपलब्ध गराएको छ ।

२०७१ साल देखि नेपाल सरकारले देशभरका जिल्ला हुलाक कार्यालयलाई जिल्लामा सूचनाको हक प्रचलन र प्रबद्र्धनको अवस्था अनुगमन गर्ने जिम्मेवारी दिएकोमा यस आर्थिक वर्षका लागि कुनैपनि बजेट तथा कार्यक्रम प्राप्त नभएको हुलाकले उपलब्ध गराएको सूचनामा उल्लेख छ । गत आ.ब.मा अनुगमनका लागि २५ हजार मात्र प्राप्त भएको जानकारी दिइएको छ । कार्यालयमा सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिम १३ वटा र नियमावलीको नियम ३ बमोजिम ७ वटा गरी २० शीर्षकमा ३÷३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान बमोजिम यस आर्थिक वर्षको पहिलो चौमासिकमा आफ्नो कार्यालयसँग सम्बन्धित सूचना स्वतः प्रकाशनबारे कुनैपनि कार्यालयले जिल्ला हुुलाक कार्यालयलाई विवरण उपलब्ध नगराएको उल्लेख छ ।

Womui
Womui