अग्नी नियन्त्रकलाई प्रयोगात्मक अभ्यास

139

नेपालगन्ज-उपमहानगरपालिका र नगरपालिकामा कार्यरत अग्नी नियन्त्रक तथा दमकल चालकलाई नेपालगन्जमा सञ्चालित १० दिने एडभान्स तालिममा प्रयोगात्मक अभ्यास गराइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको आयोजनामा फागुन २० गतेदेखि सञ्चालित एडभान्स फयर फाइटिङ, रेस्क्यू र हजमत ह्याण्डिङ तालिममा आगलागी नियन्त्रणका अनेकन विधि र आवश्यक उपकरणको उचित प्रयोगबारे प्रयोगात्मक अभ्यास गराइएको हो । तालिमका प्रशिक्षक एवम् जुद्ध वारुण यन्त्रका पुर्वप्रमुख किशोरकुमार भट्टराईले प्रयोगात्मक अभ्यासले आत्मबलसँगै प्राविधिक दक्षता हासिल हुने विश्वास व्यक्त गरे । उक्त तालिममा बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलखका नगरपालिकाका अग्नी नियन्त्रक, दमकल चालक गरि २५ जनाको सहभागिता रहेको छ ।

Womui
Womui