डुडुवा गाउँपालिकामा घरधुरी सर्वेक्षण

91

नेपालगन्ज-बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर १ होलियाबाट मंगलबारबाट घर नम्बर कायम गरि सर्वेक्षण सुरु गरिएको हो ।

स्थानीय प्रेमा बर्माको घरबाट सुरु भएको उक्त अभियानको मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरे थिए । गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भएर अधिकारिक हुने बताउँदै हरेक सेवा, सुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा सहयोग पुग्ने अध्यक्ष चौधरीले विश्वास ब्यक्त गरे । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सचिव देविलाल चौलागाई लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिकाको पञ्चवर्षिय अवधिक योजना निमार्ण तथा प्रोफाईल तयार गर्नका लागि घरधुरी सर्वेक्षण थालिएको हो । गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाल तथा मातृ मृत्युदर, बाढी प्रकोपको अवस्थाका विषयमा पहिचान गरि सोही अनुरुप योजना तयार गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए ।

Womui
Womui