ट्याक्टरसहित सालको गोलिया बरामद

67

नेपालगन्ज-कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित उषा हरियाली सामुदायिक वनबाट ट्याक्टर सहित ४ वटा सालको गोलिया बरामद गरिएको छ । कोहलपुरदेखी करिव ६ किलोमिटर पुर्व राजमार्ग नजिक रहेको उक्त वनबाट भे १ त ७५५७ नम्बरको ट्याक्टरसहित ४९.४४ क्वीफिट सालको गोलिया बरामद गरिएको हो । वन समुहका उपभोक्ता र हतियारसहित पुगेको वन रक्षकको टोलीले तस्करलाई नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा संलग्न व्यक्तिहरु फरार रहेपनि ट्याक्टर चालक ढकेरी निवासी चालक गोविन्द टमाटालाई पक्राउ गरिएको छ ।

काठसहित नियन्त्रणमा लिइएको ट्याक्टर ।

ट्याक्टर जथाभावी रुपले चलाउने क्रममा रुखमा ठोक्किएपछि पक्राउ परेका हुन् । सामुदायिक वन समुहका अध्यक्ष छब्बन अली नटले लामो समयदेखी वनभित्र तस्करी हुदै आएकोमा बल्ल ट्याक्टर सहित नियन्त्रणमा लिइएको बताए । लखना ईलाका वन कार्यालयका प्रमुख रामकुमार चौधरीले शनिबार मुचुल्का तयार पारी पक्राउ परेका चालक टमाटालाई जिल्ला वन कार्यालय समक्ष बुझाइएको जानकारी दिएका छन् । जिल्लामा पेश गरिसकेपछि अनुसन्धान प्रक्रिया अगाडी बढ्ने उनले बताए । लामो समयदेखी त्यसक्षेत्रका सामुदायिक वनमा बढ्दो तस्करीलाई मध्यनजर गर्दै उपभोक्तालाई जागरुक पारिएको परिणाम स्वरुप उपभोक्ताकै सक्रियतामा तस्करीको गिरोह अनुसन्धानको दायरामा आउन सफल भएको सहायक वन अधिकृत चौधरीको भनाई छ ।

Womui
Womui