पुरुष खुल्ला भलिबलमा होलिल्याण्ड प्रथम

159

नेपालगन्ज-पुरुष खुल्ला भलिबल प्रतियोगितामा होलिल्याण्ड कलेज नेपालगन्ज प्रथम भएको छ । प्रथम भएसँगै कलेजले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी दोस्रो स्थानमा आएको सिम्ताली युवा क्लब सुर्खेतले ७ हजार र तेस्रो एचवाईएफसी युवा क्लब कोहलपुरले नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष बसन्त मल्लले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ठ खेलाडी घोषित सिम्ताली युवा क्लबका ललित बिकले नगद १५ सय रुपैयाँ प्राप्त गरे । नेकपा माओबादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति बाँकेले शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा १४ वटा समुहको सहभागि भएका थिए । प्रतियोगिताका विजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथी एवम् अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश ५ का अध्यक्ष दानबहादुर ओली, महासंघ बाँकेका अध्यक्ष मल्ल लगायत अतिथीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको बताइएको छ ।

Womui
Womui