स्थानीय तहका गतिविधी सञ्चार माध्यममा नआएको गुनासो

111

नेपालगन्ज-स्थानीय तहले गरेका गतिविधिहरु सञ्चार माध्यममा अपेक्षाकृत रुपले आउन नसकेको जनप्रतिनिधिले गुनासो गरेका छन् । बाँकेका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकाय लगायतसँग कृष्णसार एफ एमले गरेको ‘विकासका लागि सञ्चार’ विषयक कार्यशालामा बोल्ने अधिकांसले यस्तो गुनासो गरेका हुन् । उपस्थित जनप्रतिनिधिले आफुहरुले सञ्चालन गरेका योजना तथा कार्यक्रमको सञ्चार माध्यमले अनुगमन गरी बाहिर ल्याईदिनुपर्ने अपेक्षा गरे ।

सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक र जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले आफ्नो धारणा राखेका थिए । विकास निर्माणमा जनप्रतिनिधि र सञ्चार माध्यमबीचको भुमिका लगायत विषयमा कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारी, पत्रकार हेमन्त कर्माचार्य, निरज गौतम, जनक नेपाल, रुद्र सुवेदी, माधव अधिकारी, साहित्यकार ऋचा लुईटेल लगायतले सुझाव दिए ।

Womui
Womui