निर्माण व्यवसायी संघमा खड्का निर्वाचित

58

नेपालगन्ज-बाँके निर्माण व्यवसायी संघको अध्यक्षमा टेकबहादुर खड्का निर्वाचित भएका छन् । निर्वाचित खड्काले ९६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी जितेन्द्र हमालले ९० मत प्राप्त गरेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा १ सय २९ मत प्राप्त गरी लिलाराज उपाध्याय निर्वाचित भए । उपाध्यक्षमा १ सय ८ मत प्राप्त गरी टंकबहादुर खड्का निर्वाचित भए ।

महासचिवमा ९८ मत प्राप्त गरी दिनकर भट्टराई, सचिवमा १ सय २६ मत प्राप्त गरी पूर्णबहादुर राना, कोषाध्यक्षमा १ सय ७ मत ल्याएर कुन्जीलाल बर्मा र सहकोषाध्यक्षमा ८७ मत ल्याएर नरेशबहादुर शाही निर्वाचित भएका छन् । सदस्यमा क्रमशः अजय शर्मा, बालकृष्ण शाह, विजयकुमार शाह, विनोद जोशी, मदनकुमार अग्रवाल ‘पप्पु’ र मानबहादुर थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महिला सदस्यमा मिना खत्री र कल्पना देव निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध रुपमा कार्यसमिति पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि आइतबार संघको निर्वाचत गराइएको थियो । मतदानमा कुल १ सय ९० मत खसेको थियो । नवनिर्वाचित कार्यसमिति पदाधिकारीले सोमबार नै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

Womui
Womui