दुर्घटनामा शिक्षकको मृत्यु

53

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुम नजिकै मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । रा १ त ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुघटना हुँदा दाङ, गढवा गाउँपालिका निवासी ५४ बर्षिय शिक्षक नारायणप्रसाद शर्माको मृत्युभएको हो । शर्मा नेपाल शिक्षक संघ प्रदेश नम्वर ५ को प्रथम अधिवेशनमा सहभागी हुन नेपालगन्ज आउदै थिए ।

यस्तै राप्तीसोनारी–२ कचनापुरमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भीर घाईते भएका छन् । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५०५० नम्बरको ट्रकले राप्तीसोनारी गाउँपालिका २ कचनापुरस्थित जिरो नजिक ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ निवासी १२ बर्षिय बालक अर्जुन चौधरी गम्भिर घाईते भएका हुन् । घाईते बालकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Womui
Womui