उपमहानगरपालिकालाई मण्टेश्वरीको सुझाव पत्र पेश

128

नेपालगन्ज-मण्टेश्वरी एशोसियशन अफ बाँकेले आइतबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख र उपप्रमुखलाई एक सुझाव पत्र पेश गरेको छ । स्थानीय तहमा निर्माण हुन लागेको शिक्षा ऐनमा मण्टेश्वरी बिद्यालयले अपनाउनुपर्ने मापदण्ड र नयाँ दर्ता हुने मण्टेश्वरी बिद्यालयको हकमा स्थानीय तहले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको मण्टेश्वरीका सल्लाहकार गोविन्द पौडेलले जानकारी दिए ।

अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको टोलीमा सल्लाहकार गोविन्द पौडेल, उपाध्यक्ष दुर्गा बजगाई, कोषाध्यक्ष खिमा थापा र सह–सचिव सरु पौडेलको उपस्थिति रहेको थियो । सुझाव पत्र बुझ्दै प्रमुख राणाले मण्टेश्वरीको सुझाबले आफुहरुलाई कानुन निर्माणमा महत्वपूर्ण सहयोग मिल्ने बताए । सो अवसरमा उपप्रमुख उमा थापाले आफुहरु स्थानीय शिक्षा ऐन निर्माणको क्रममा रहेको अवस्थामा एशोसियशनको सुझाब एकदमै महत्त्वपूर्ण रहने बताईन् । २०७४ सालमा स्थापित संघमा हाल जिल्लाभरिका १६ मण्टेश्वरी बिद्यालय आवद्ध रहेको सह–सचिव सरु पौडेलले जानकारी दिईन् ।

Womui
Womui