‘बघौडा क्षेत्रमा खेलकुदको विकासको लागि सहयोग गर्छु’: कृष्णा

186

नेपालगन्ज-बाँके क्षेत्र नम्बर १ (क) की प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बघौडा क्षेत्रमा खेलकुदको विकासको लागि सहयोग गर्ने बताएकी छन् । नरैनापुर गाउँपालिका २ लक्ष्मणपुरमा आइतबार चौथौं खुल्ला क्रिकेट प्रतियोगिताको समापन गर्दै यस्तो बताएकी हुन् । ‘यस क्षेत्रमा राम्रा खेलाडीहरु रहेका छन्, लुकेर रहेका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खेलकुदका गतिविधी कम हुने बताउँदै उनले खेलकुदका गतिविधी बढाउन सबै सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिवद्धता जनाईन् । पाँच बर्षमा बघौडामा खेलकुदसँगै अन्य कुराले समेत फड्को मार्ने गरी आफुले काम गर्ने सांसद कृष्णाले बताईन् । अबको केही बर्षभित्रै यस क्षेत्रमा सडकको सहज पहुँच र बिजुली बल्ने उद्घोष गरिन् । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आंतक बस्नेत, सदस्य चित्रा केसी, नेकपा माओबादी केन्द्रका युवा नेता सुर्य घर्तीमगर, बुद्विजिबी अर्जुन पौडेल लगायतको उपस्थिती रहेको थियो । कादरी युवा स्पोस्र्टस क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता गरिएको हो । प्रतियोगितामा भारतका ४ सहित कुल १६ पवटा टिमको सहभागिता रहेको थियो ।

 

Womui
Womui