‘कांग्रेसले अब वाच डगको भूमिका निभाउँछ’ : नेता खाँड

168

नेपालगन्ज-नेपाली काँग्रेसका नेता एवम् पुर्वमन्त्री बालकृष्ण खाँडले कांग्रेस अब ‘वाच डग’ को रुपमा रहने बताएका छन् । नेपाल शिक्षक संघ प्रदेश ५ को प्रथम अधिवेशनको नेपालगन्जमा आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । खाँडले भने, ‘अब कांग्रेसले सरकारका हरेक क्रियाकलापको निग्रानी गर्दै वाच डगको भुमिका निभाउनुपर्छ ।’

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई मायाको चिनो प्रदान गर्दै शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव ।

संविधानमै भएको व्यवस्था अनुसार कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा ३ जनाको नाम सिफारिस गरेपनि लामो समयसम्म रोकेर वर्तमान सरकारले गरेको सिफारिसलाई दुई घण्टामै नियुक्त गरी राष्ट्रपतिले गैर सम्वैधानिक काम गरेको बताए । उनले भने, ‘सरकार र राष्ट्रपतिले गैर सम्बैधानिक कदम चालेकाले सरकारको प्रारम्भिक काम हेर्दा मुलुकलाई उहाँहरु द्धन्द्धतर्फ लैजादै हुनुहुन्छ, लोकतान्त्रिक मुल्य, मान्यतालाई कुल्चिदै जानु भयो भने उहाँहरु आफै पतन भएर जानुहुनेछ ।’ उद्घाटन शत्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सांसद किशोरसिंह राठौंर, कांग्रेस बाँके सभापति किरण कोइराला, बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक संघको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Womui
Womui