स्वस्थ मासु प्रशोधन गर्न अन्तर्राष्ट्रिय स्तरको तालिम

188

नेपालगन्ज- उपभोक्तालाई स्वस्थ्य मासु खुवाउनका लागि मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि तालिम सुरु भएको छ । अस्वस्थ्य मासुले मानव जीवनलाई हानी पुर्याउने भन्दै नागरिकको स्वास्थ्यलाई पाच्य हुने मासु उत्पादन सम्बन्धी पाँच दिने तालिम सुरु भएको हो । खजुरा गाउँपालिकाको सोनपुरमा रहेको फ्रेस हाईजिनिक फुडले बाँकेसहित विभिन्न जिल्लाका व्यवसायी तथा पशुपालक किसानलाई प्रशोधित मासु उत्पादन तथा मासुका विभिन्न परिकार बनाउनेबारे सिप सिकाउन बुधबारबाट प्रशिक्षण दिन सुरु गरेको हो । तालिममा सहभागी व्यवसायी तथा किसानलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको मासु प्रशोधन गर्ने तरिकाबारे प्रशिक्षण दिइनेछ ।

मासु प्रशोधन सम्बन्धी तालिम उद्घाटन गरिदै ।

नेदरल्याण्डका मुख्य प्रशिक्षक कोर क्लाभर लगायत प्रशिक्षकले ब्यवसायी र किसानलाई प्रशिक्षण दिने गरिने फुडका प्रमुख दीपेन्द्रकुमार जोशीले बताए । यसलाई आयोजकले प्रशोधित मासुसम्बन्धी अन्र्तराष्ट्रिय स्तरको प्रशिक्षण भनेको छ । सहभागीलाई सैद्धान्तिक र व्यवहारिक रुपले प्रशिक्षण दिईने जोशीले उल्लेख गरे । ‘प्रशिक्षणका सहभागीलाई मासु कटिङ, प्रोसेसिङ, भण्डारण, कोल्ड स्टोरेज सम्बन्धि प्रशिक्षण दिइनेछ,’ उनले भने । प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक हुने भएकाले सर्बसाधारणलाई यसबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोड दिए ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बधशाला नहुँदा अव्यवस्थित रुपले मासु काट्ने प्रवृत्ति रोक्न आफुले पहल गर्ने बताए । गाउँपालिकाभित्र हाईजेनिक मासुको प्रयोग बढाउन तथा अव्यवस्थित रुपले खोलिएका मासु पसल ब्यवस्थित गर्ने प्रतिवद्धता जनाए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख जोत्सना श्रेष्ठ, पशु विकास अधिकृत कमल उपाध्याय लगायतले अन्य खाद्य सामाग्री जस्तै मासुको गुणस्तरप्रति सजग रहनुपर्ने बताए । करिब ७० प्रतिशत रोग पशुबाट लाग्ने जानकारी दिदै पशु विकास अधिकृत उपाध्यायले प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक रहेको बताए ।

Womui
Womui