राष्ट्रपतिको विवादास्पद कदम विरुद्ध तरुण दलको प्रर्दशन

143

नेपालगन्ज-राष्ट्रपति बिद्यादेवी भण्डारीको विवादास्पद कदम सच्याउन माग गर्दै बाँकेमा प्रर्दशन गरिएको छ । राष्ट्रिय सभामा ३ जना सदस्य मनोनयनका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सिफारिस बेवास्ता गरी राष्ट्रपति भण्डारी ‘असम्बैधानिक’ रुपमा सक्रिय हुन खोजेको भन्दै नेपाल तरुण दलले बिरोध स्वरुप प्रर्दशन गरेको हो । नेपालगन्जमा बिहीबार दिउँसो प्रदर्शन सहित तरुण दलले स्थानीय प्रशासनमार्फत ज्ञापन पत्र समेत बुझायो ।

सो क्रममा तरुण दलमा आवद्ध युवाहरु र्याली सहित स्थानीय प्रशासनमा पुगेका थिए । देउवा नेतृत्वको सरकारले गरेका सिफारिस उल्ट्याउँदै वर्तमान सरकारले सिफारिस गरेका व्यक्तिलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति भण्डारीले केहीदिन अघि मनोनित गरेकोमा तरुण दलले तुरुन्त सच्याउन माग गरेको छ । तरुण दलले संविधानको धारा ८६ को उपधारा २ ख बमोजिम राष्ट्रिय सभाको ३ सदस्य मनोनयनका लागि देउवा नेतृत्वको सरकारले गरेको सिफारिस बेवास्ता गरी असंबैधानिक रुपमा सक्रिय भन्दै विरोध जनाएको छ ।

तरुण दलले प्रर्दशन गर्दै उक्त निर्णय तत्काल सच्याउन जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा राष्ट्रपतिको कदमको निन्दा र भत्र्सना गरिएको छ । राजनीतिक पुर्वाग्रहबाट ग्रसित भई दलिय आस्थाको घेराभित्र बसेर संविधान मिचेर कुनैपनि काम नगर्न राष्ट्रपति भण्डारीलाई तरुण दलले चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुअघि तरुण दल बाँकेका सचिव बिनोद रिजालले पढेर सुनाएका थिए ।

Womui
Womui