गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा किन मारिए ?

79

काठमाडौं-चर्चित गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार बिहान ३ः३० बजेतिर उनीहरु मारिएका हुन् । पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सूचनाका आधारमा प्रहरीले सम्भावित इलाकामा खोजी गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरो र रुपन्देही प्रहरीको टोलीले सम्भावित क्षेत्रमा पुनको खोजी गरिरहेका बेला राती ३ः३० बजे रुपन्देहीको देवदह, ४ को भवानीपुरमा पुनसहित उनका सहयोगीले प्रहरीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

Womui
Womui