कोहलपुर महोत्सव समापन

75

कोहलपुर-कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ बुधबार सम्पन्न भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामामहोत्सव माघ २६ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन भएको थियो । समापन कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा सदस्य आरती पौडेलले कोहलपुरको आर्थिक विकासमा यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन् ।

आर्थिक विकासको प्रमुख मेरुदण्ड नै उद्योग व्यवसाय भएकाले यसको विकास र समृद्धिका लागि राज्यले विशेष नीति लिनुपर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक शिखर ग्रुप अफ इन्डष्ट्रिज प्रालिका सञ्चालक चम्पालाल बोथाराले बोल्दै यस्ता महोत्सवबाट स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै उनले आर्थिक विकासका लागि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले महोत्सवमा आर्थिक रुपले सहयोग गर्नुहुने मुख्य प्रायोजक, उपमुख्य प्रायोजक, सहमुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजक लगायत अवलोकन गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए । महोत्सवबाट संकलित रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होटल १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका थिए । महोत्सव समापनका क्रममा मंगलबार गायक अलमोडासँगै उपस्थित दर्शक रमाएका थिए ।

Womui
Womui