ओली नेतृत्वको मन्त्री मण्डलले पुर्णता पाएन

115

काठमाडौं-केपी ओली नेतृत्वको मन्त्री मण्डलले अझै पुर्णता पाउन सकेको छैन । नेकपा माओवादी केन्द्रलेसरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न नसक्दा पुर्णता नपाएको हो । माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो । दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले स्थगित गरेका थिए ।

बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँटफाँट र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए । ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन् । अधिकतम १८ सदस्यीय मन्त्रीपरिषद बनाउने विषयमा दुई नेताबीच छलफल भएको जनाइएको छ । माओवादीले ६ जना मन्त्री पाउने छलफल भए पनि यसबारे टुंगोमा नपुगेको माओवादी नेताले बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँटफाँट र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए । ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन् ।

Womui
Womui