महिला उद्यमीले फागुन १० देखी मेला सञ्चालन गर्ने

48

नेपालगन्ज-महिला उद्यमी संघ बाँकेले यही फागुन १० गतेदेखी नेपालगन्जमा ‘होली महोत्सव तथा ब्यापार मेला’ सञ्चालन गर्ने भएको छ । महिला उद्यमीको उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थानीय बागेश्वरी मन्दिरको पार्कमा सञ्चालन गर्न लागिएको हो । उक्त मेला १४ गते सम्म चल्नेछ । आयोजक महिला उद्यमी संघ बाँकेले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

मेलाको तयारीबारे आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिदै । 

पत्रकार सम्मेलनमा संघकी अध्यक्ष सुशिला गौतमले मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित बस्तु, खानाका परिकार, हस्तकला सामाग्री, कृषि उत्पादन लगायतलाई प्रर्दशनमा राखिने बताईन् । उनले भनिन्, ‘मेलामा लुकेर रहेका महिलाको उत्पादन, सिप र क्षमतालाई प्रर्वद्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’ उक्त मेलामा ४० वटा स्थल रहने आयोजकले जनाएको छ । चार लाख बढी खर्च हुने अनुमान गरिएको मेलामा स्थानीय कलाकारले साँङ्गितक मनोरञ्जन प्रदान गर्नेछन् ।

Womui
Womui