प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा

38

नेपालगन्ज-प्रधानमन्त्री कप पाँचौं अन्तर्राष्ट्रिय महिला भलिबलको तयारी पुरा भएको छ । यही फागुन ३ गतेदेखि नेपालगन्जमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगिता फागुन तीन गतेदेखि सात गतेसमम नेपालगन्जको कभर्ड हलमा प्रतियोगिता हुनेछ । बंगलादेश सहित सहभागी भएको प्रतियोगितामा सहभागी हुने टिम, अफिसियल, रेफ्री नेपालगन्ज आउने क्रम सुरु भैसकेको आयोजक संघका अध्यक्ष टीएस ठकुरीले बताए ।

बुधबार सम्म प्रतियोगितामा सहभागी हुनै सबै टोली र रेफ्री नेपालगन्ज आइपुग्ने छन् । राजधानी बाहिर हुने सबैभन्दा ठूलो भलिबल प्रतियोगिता मानिएको प्रधानमन्त्री कपको उद्घाटन मिस नेपाल इन्टरनेसनल निकिता चन्दकले गर्ने आयोजकले जनाएको छ । ‘खेलाडी, अतिथि, अफिसियल व्यक्तिहरु आउने क्रम सुरु भैसकेको छ,’ अध्यक्ष ठकुरीले भने, ‘प्रतियोगितालाई आकर्षक र उत्कृष्ट बनाउनका लागि हाम्रो प्रयास रहनेछ, नेपालगन्जवासीको बहुप्रतिक्षाको प्रतियोगिता बनिसकेको पाँचौ अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराउन पाँउदा हामी खुसी छौं ।’ प्रतियोगितालाई नेपालगन्जवासी र खेल प्रेमको माया, सदभाव र सहकार्यले भव्य रुपमा तयारी भैरहेको उनले बताए । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमहरु आउने क्रम मंगलबारदेखि सुरु भएको छ । खेल हुने नेपालगन्ज कभर्डमा म्याट राख्ने काम देखी, कोर्ट तयारी पनि पुरा भइसकेको ठकुरीको भनाई छ ।

Womui
Womui