कर्णालीलाई पुस्तक पुर्याउँदै व्यवसायी

100

नेपालगन्ज-प्रत्येक वर्ष पुस्तक अभावको समस्या झेल्दै आएका कर्णालीका बिद्यार्थीहरुले यसपटक भने पाठ्य पुस्तक समयमै पाउने भएका छन् । कर्णाली क्षेत्रका सामुदायिक विद्यालयका लागि निजि क्षेत्रद्वारा मुद्रित पाठ्यु पुस्तकहरु शैक्षिक सत्र सुरु भएपनि पढाई सुरु हुनु अगावै सम्बन्धित क्षेत्रमा पुग्ने पुस्तक ढुवानीको जिम्मेवारी लिएका पुस्तक व्यवसायीले बताएका छन् । कक्षा एकदेखि पाँच सम्मका लागि नेपाल सरकार शिक्षा मन्त्रायलले निजी क्षेत्रलाई किताब छपाईको जिम्मेवारी दिएअनुसार आवश्यक सबै पुस्तकहरुको छपाईको कार्य निजि क्षेत्र मुद्रण संघले जनाएको छ ।

नेपालगन्जमा बुधबार कर्णालीका सामुदायिक विद्यालयहरुका लागि निजि क्षेत्रबाट मुद्रित कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सम्बन्धीत पुस्तक व्यवसायीलाई वितरण गरिएको छ । कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा फागुन एक गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुनेगर्दछ । नयाँ शैक्षिक शत्र सुरु भएपनि दुईहप्ता भर्ना अभियानमा लाग्ने भएकाले फागुनको पहिलो हप्तासम्म सबै क्षेत्रमा पाठ्यपुस्तक पुर्याईसक्ने पुस्तक व्यवसायीले जनाएका छन् । शैक्षिक सत्र सुरु भएकै मितिमा पुस्तक पुग्नुपर्ने भएपनि सरकारले पाठ्यपुस्तक छपाइका लागि छपाई सामाग्री एक महिनाअघि मात्रै दिएकोले किताब छपाइमा केही ढिलाई भएको निजि क्षेत्रको मुद्रण संस्थाले जनाएको छ ।

नेपालगन्जमा बुधबार कर्णालीका तीन जिल्लाका लागि जनक शिक्षा सामग्री नेपालगन्जका क्षेत्रीय प्रबन्धक रबिन्द्रराज शर्मा, निजी क्षेत्र मुद्रण संघका संयोजक रामहिरा पाठक र शिक्षा विभाग पाठ्यपुस्तक अनुगमन तथा निर्देशन समितिका संयोजक दिपक भण्डारीको सहभागितामा कर्णालीका पुस्तक व्यवसायीलाई कक्षा एकदेखि पाँच सम्मका सबै सेट पुस्तक वितरण गरिएको छ ।

Womui
Womui