सडकमा जब जनयुद्धको झल्को देखियो……

47

नेपालगन्ज-यति व्यस्त रहने नेपालगन्जको धम्बोझी चोकमा मंगलबार फरक दृश्य देखियो । सडकमा अचानक हरियो कम्व्याड ड्रेसमा सजिएका युवाको ताँती झुल्कियो । बाजागाजासहित सडक नै कब्जा गरेर एकनासले अगाडि बढिरहेका युवाहरुको ताँतीलाई देखेर नेपालगन्जका सबै नागरिकको ध्यान त्यतैतिर देखिन्थ्यो । यि थिए, नेकमा क्रान्तिकारी माओवादी(मोहन बैद्य) समुहका कार्यकर्ता थिए । शान्ति सम्झौता भएको ११ वर्षपछि माओवादी छापारमारको झल्को मंगलबारको मार्चपासले दिलायो ।

बाँके र बर्दियाका माओवादी युवाहरु सम्मिलित समूहले नेपालगन्जको चारलेन सडक नै कब्जा गरेर आफ्नो जनयुद्धको झल्को दिएका थिए । जनयुद्धकालिन छापामार पोशाकमा आएका माओवादी कार्यकर्ताहरुले सशस्त्र बिद्रोहको सम्झनामा २३ औं जनयुद्ध दिवस मनाए । बाजागाजासहित आएका युवाहरुको ताँतीलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको थियो । धम्बोजी चोकमा पुगेपछि उनीहरुले आफ्नो स्थापना दिवस मनाउँदै अझै क्रान्ति पुरा नभएको बताए ।

सबै तस्बिर : खगेन्द्र दाहाल

Womui
Womui