बाँके राजधानी संघर्ष समितिको दोस्रो चरणको आन्दोलन घोषणा

31

नेपालगन्ज-बाँके राजधानी संघर्ष समितिले दोस्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । नेपाली काँग्रेस बाँकेको कार्यालयमा सोमबार सम्पन्न समितिको बैठकले यस्तो घोषणा गरेको हो । नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिलसिंह राणाको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको बताइएको छ । बैठकले पहिलो चरणको आन्दोलनमा संकलन गरिएको हस्ताक्षर फागुन २ गते बुधबार दिउँसो १ बजे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई बुझाउने बैठकले निर्णय गरेको छ । उक्त दिन एमाले पार्टी कार्यालयमा भेला भएर प्रशासन कार्यालयमा बताइएको छ ।

यस्तै फागुन ५ गते शनिबार जिल्लाका सञ्चारकर्मीसँग नेपालगन्ज उद्योग वाणिज्यष् संघको सभाकक्षमा अन्तरक्रिया गर्ने, यस्तै फाल्गुन ७ गते सम्पुर्ण राजनीतिक दल र तिनका भातृ संगठन, सम्पुर्ण संघ संस्था, उघोगी ब्यवसायी, प्रध्यापक, शिक्षक, नागरिक समाज, बुद्धिजिवी लगायतको उपस्थितीमा विपी चोकमा बृहत अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी सम्पुर्ण गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा जनप्रतिनिधिसँग छलफल र अन्तरक्रिया तथा फागुन १४ गते प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवम् सम्पुर्ण बिधायकलाई भेटेर राजधानीको अवधारणा पत्र बुझाउने निर्णय बैठकले गरेको छ । बैठकमा नेपाली काँग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा लगायत विभिन्न दल तथा संघर्ष समितिमा आवद्ध पदाधिकारी सहभागी भएका थिए ।

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बसेको संघर्ष समितिको बैठक । तस्बिर : ललित रौनियारको फेसबुकबाट

Womui
Womui