बिनौनालाई पुर्ण खोप वडा घोषणा

141

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा आईतबार पुर्ण खोप सुनिश्चितता घोषणा सभा गरिएको छ । युएसएड र सुआहाराको सहयोगमा वडा खोप समन्वय समिति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बाँकेको आयोजनामा घोषणा सभा गरिएको हो ।

घोषणा गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री ।

वडा खोप समन्वय समितिका अध्यक्ष एवम् वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारुको सभापतित्वमा सम्पन्न सभामा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले संयुक्त रुपमा वडालाई पुर्ण खोप घोषणा गरेका हुन् । सो क्रममा बिनौना स्वास्थ्य चौकीका प्रमुख राजनकुमार शाहीले वडालाई पुर्ण खोप घोषणा गर्नुपर्ने सूचक र मापदण्डका बारेमा जानकारी गराएका थिए । घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत चक्रबहादुर खड्का, वडा नम्बर ५ का वडासदस्य धनसरी ओली, बिनौना स्वास्थ्य चौकीका पुर्वप्रमुख देवनारायण उपाध्याय, नेपाली काँग्रेस बिनौनाका अध्यक्ष बालकिसुन थारु लगायतले पुर्ण खोप घोषणासँगै यसलाई दिगो रुपमा लैजानुपर्नेमा जोड दिएका थिए ।

Womui
Womui