रनर मोटरसाईकलको माग बढ्दो

36

नेपालगन्ज-नेपालमा नयाँ बंगलादेशी उत्पादन रनर मोटरसाईकल नेपालगञ्जमा धमाधम बिक्री भइरहेको छ । आधिकारिक बिक्रेता रमन मोटर्सको डिलर पार्टनरका रुपमा लक्ष्मी ट्रेड लिंकले डेढ महिना अघि मात्र नेपालगञ्जको सुर्खेतरोडमा शो-रूम सुरु गरेकोमा अहिलेसम्म ८ वटा मोटरसाइकल बिक्री भइसकेको छ । यही माघ ११ देखि २२ गतेसम्म नेपालगन्जमा चलेको प्रादेशिक महोत्सवमा पनि उद्घाटनका दिन एउटा र अन्तिम दिनमा एउटा गरी २ वटा बुक भइसकेको सञ्चालक कुमार अधिकारीले बताए ।

‘बाइकको माग बढिरहेकाले आईतबार काठमाडौंबाट थप १० वटा बाइक आइपुगेको छ, नेपालमा यो नयाँ किसिमको बाइक भएकाले यसको माग बढेको छ,’ सञ्चालक अधिकारीले भने । उनले ८० सिसिदेखि १५० सिसिसम्मका विभिन्न मोडेलका मोटरसाईकलहरु शो-रूममा रहेको बताए । क्लज बिनाको गेयर सहितको स्कुटर पनि कम्पनीले बजारमा ल्याएको छ । उनले नेपालमै पहिलोपटक कसैले नदिएको ६ बर्षको वारेन्टी आफूहरुले दिएको जानकारी दिँदै यसले नै मोटरसाईकलको गुणस्तर पुष्टी गर्ने बताए ।

Womui
Womui