राप्तीसोनारी गाउँपालिकाको योजना धमाधम अनुगमन

166

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिकाले चालु वर्ष २०७४/७५ मा सञ्चालित योजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न गराउन सक्रियता देखाएको छ । गाउँपालिकाले १ देखी ९ वटै वडा सम्म सञ्चालित योजना तथा कार्यक्रमलाई तोकिएको समयभित्रै गुणस्तरिय र पारदर्शी ढंगले सम्पन्न गराउन सक्रियता देखाएको हो । गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक धनीकुमारी खत्रीको नेतृत्वमा विभिन्न वडाका योजना तथा कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ ।

योजना अनुगमन गर्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक धनीकुमारी खत्री ।

गाउँपालिकाको विभिन्न वडामा शनिबारबाट अनुगमनको काम सुरु गरिएको हो । पहिलो दिन शनिबार वडा नम्बर १ कुसुमस्थित रहेको ओखरबोटे टोलमा निर्मित ग्राभेल बाटो, सोही वडाको बैरिया बजारमा अधुरो ढल निकाय लगायत योजनाको अनुगमन गरिएको थियो । एक लाख रुपैयाँको लागतमा १ सय ३० मिटर ग्राभेल बाटो निर्माणको काम उपभोक्ता समितिले सम्पन्न गरिसकेको पाईएको गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक खत्रीले जानकारी दिईन् । यस्तै बैरिया बजारमा अधुरो ढल निकासको काम पनि ५० मिटर निर्माण सम्पन्न भईसकेको छ । अन्य योजनाको काम पनि दु्रत गतिले अगाडी बढेको पाइएको उपाध्यक्ष खत्रीले बताईन् ।

यसैगरी अनुगमनको दोस्रो दिन आईतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ पेरानीस्थित धर्मवती टोलमा निर्माणाधिन कल्र्भट, सोही वडामा निर्माण भईरहेको सर्पदंश उपचार केन्द्र भवन, पेरानी टोलकै ढल निकास र सम्शेरगन्जस्थित अमुवा गाउँमा रहेको ११ सय मिटर ग्राभेल बाटोको अनुगमन गरियो । कल्भर्ट निर्माणका लागी गाउँपालिकाले करसहित १० लाख, सर्पदंश उपचार केन्द्रका लागी १५ लाख र पेरानीमा रहेको २ सय ३६ मिटर लामो ढल निकास योजनाका लागी १० लाख र अमुवा गाउँमा ग्राभेल बाटो निर्माणका लागी ६ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको थियो । अनुगमनका क्रममा पेरानी टोलस्थित ढल निकास र अमुवा गाउँको ग्राभेल सम्पन्न भईसकेको र कल्भर्ट तथा सर्पदंश उपचार केन्द्र निर्माणको काम धमाधम भईरहेको पाइएको अनुगमन समितिका संयोजक खत्रीले बताईन् ।

 

Womui
Womui