किन गर्यो प्रेस युनियनले पत्रकार महासंघ बाँकेको कार्यक्रम बहिष्कार ?

264

नेपालगन्ज-नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्जमा आइतबार ‘स्थापना दिवस’ भनि गर्न लागेको कार्यक्रमलाई नेपाल प्रेस युनियन बाँकेले बहिष्कार गरेको छ । युनियन बाँकेले शनिबार एक विज्ञप्ती जारी गरी महासंघले गलत निर्णय नसच्याएको भन्दै बहिस्कार गर्ने निर्णय गरिएको जानकारी दिएको हो । ‘आधार प्रमाण विना काल्पनिक ढंगले माघ २८ लाई स्थापना दिवसका रुपमा मनाउने महासंघको गलत निर्णय सच्याउन गरेको युनियनको आग्रहलाई बेवास्ता गरिएकोले बहिष्कार गर्न युनियन बाध्य भएको सचिव अर्जुन ओलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महासंघका पुर्वसभापतिहरु, युनियनका पुर्वपदाधिकारी, कार्यसमितिका पदाधिकारी, सदस्य सहितको विशेष उपस्थिती रहेको बैठकले सो कार्यक्रममा सहभागी नहुन सम्पुर्ण सदस्यलाई आह्वान गरेको छ ।

युनियनले बहिष्कारको निर्णय गर्नुअघि शनिबार नै महासंघलाई निर्णय सच्याउन गम्भिर ध्यानाकर्षण गराएको थियो । स्वेच्छाचारी ढंगले विभिन्न निर्णय गर्दै महासंघले माघ २८ लाई आफ्नो स्थापना दिवसका रूपमा मनाउने तयारी गरेपछि बिरोध भएको हो । यही माघ ७ गते बसेको महासंघको बैठकले शाखाको स्थापना दिवस यही माघ २८ गतेका दिन विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको केही सञ्चार माध्यममार्फत् जानकारीमा आएको थियो । ‘लामो समयदेखि शाखा सल्लाहकारलाई समेत नबोलाई स्वेच्छाचारी ढंगले विभिन्न निर्णय गर्दै आएको शाखाले यसपालि माघ २८ लाई स्थापना दिवस मनाउनेसम्मको आपूmखुसी निर्णय गर्नुले बहुमतको दम्भमा हिँड्न खोजेको हाम्रो ठहर छ,’ युनियन बाँकेका सचिव अर्जुन ओलीले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यस अघिका दिनमा पनि स्थापना दिवसबारे छलफल भएपनि त्यसबारेको अन्तिम निर्णय विचाराधीन रहेको कारणबाटै स्थापना दिवस हालसम्म नमनाइएको सम्बद्ध विषयका जानकार साथीहरुमा विदित नै छ, यसका बावजुद शाखा स्थापना दिवस जस्तो महत्वपूर्ण तिथिलाई बिना कुनै ठोस आधार र साझा सहमति नलिई हचुवाको आधारमा निर्धारण गर्नुले नेतृत्व आफ्नो भूमिकाप्रति गम्भीर नरहेको महसुस गराएको छ, तसर्थ यसलाई तत्काल सच्याउन हुन ध्यानाकृष्ट गराउँदछौं ।’

यस अतिरिक्त संगठनको नयाँ सदस्यता आह्वानका सम्बन्धमा सदस्यता वितरण समिति गठन निर्णयसमेत विधिसम्मत नरहेको भन्दै सो निर्णय पनि सच्याइनु पर्ने युनियनले सुझाव दिएको छ । छाता संगठनका रूपमा स्थापित महासंघको नेतृत्व सार्वजनिक रूपमा तथा संगठनका सदस्यबीच साझा चरित्र स्थापित गर्नुको साटोे कुनै कारण वा प्रभावबाट प्रभावित भएको आशंका उब्जाउने वातावरण दिन नहुनेतर्फ सचेत भइरहनुपर्ने युनियनले भनेको छ । विज्ञप्तीमा अगाडी भनिएको छ, ‘खासगरी कुनै निर्णय गर्दा कुनै एक प्रकृतिको मामिलामा कोही दण्डित हुने र कोही दण्डमुक्त रहने निर्णय सर्वथा पक्षपाती तथा भेदभावपूर्ण सोंचले पे्ररित रहेको भन्दा अतिशयोक्ति हुँदैन ।’ महासंघले सदस्यता शुद्धीकरण तथा स्वेच्छिक अवकाशका नाममा नेपाल पे्रस युनियनकी पूर्व केन्द्रीय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरलाई कुनै जानकारी नदिई एक्कासी साधारण सदस्यताबाट बिदा गर्ने भनी गरिएको निर्णय यस्तै सोंच र व्यक्तित्वको मानमर्दनबाट अभिपे्ररित रहेको पनि युनियनले ठहर गरेको उक्त विज्ञप्तीमा जनाइएको छ । ‘उल्लिखित विषयमा महासंघको स्पष्ट धारणा तत्काल आउनुपर्ने हाम्रो माग रहेको छ, यसतर्फ बेवास्ता गरिएमा महासंघको कुनैपनि गतिविधिमा युनियनको नैतिक समर्थन र भौतिक सहभागिता नरहने पनि चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार दोस्रो पटक जारी गरेको विज्ञप्ति ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार निकालेको विज्ञप्ति ।
Womui
Womui