चमेलिया जलबिद्युत उद्घाटन गरी प्रधानमन्त्री देउवा नेपालगन्जमा

79

नेपालगन्ज-प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर ७ को कार्यक्रममा सहभागी भएर नेपालगन्ज आईपुगेका छन् । दार्चुलामा हालै निर्माण सम्पन्न भएको चमेलिया जलबिद्युत आयोजना उद्घाटन गरेर प्रधानमन्त्री देउवा बास बस्न नेपालगन्ज आईपुगेका हुन् । हेलिकप्टरमार्फत शनिबार बेलुका नेपालगन्ज आईपुगेका देउवा कारकाँदोस्थित होटल किचन हटमा बास बसेको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बेलुका नेपालगन्जमा स्वागत गरिदै ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले नेपालगन्ज आए लगत्तै बाँकेका नेता, कार्यकर्तालाई भेटघाट गरेका छन् । देउवा आईतबार बिहान हेलिकप्टरमार्फत ६ नम्बर प्रदेशको जुम्लामा सुविधा सम्पन्न अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले बताए । कर्णालीको जुम्लामा अस्पताल उद्घाटन गरिसकेपछि प्रधानमन्त्री उतैबाट हेलिकप्टरमार्फत काठमाडौं फर्किने कार्यक्रम छ ।

Womui
Womui