जथाभावी निर्णय गर्दै बाँके पत्रकार महासंघ

139
  • महासंघको निर्णयविरुद्ध प्रेस युनियनको कडा प्रतिवाद

नेपालगन्ज-नेपाल पत्रकार महासंघ बाँके शाखाले जथाभावी रुपमा विवादास्पद निर्णय गर्न थालेपछि चौतर्फी रुपमा विरोध भएको छ । महासंघको उक्त निर्णयविरुद्ध संस्थापक अध्यक्ष, पुर्वअध्यक्षहरु विपक्षमा उभिएका छन् । स्वेच्छाचारी ढंगले विभिन्न निर्णय गर्दै महासंघले माघ २८ लाई आफ्नो स्थापना दिवसका रूपमा मनाउने तयारी गरेपछि पत्रकारहरु बिरोधमा उत्रिएका हुन् । सोही सम्बन्धमा नेपाल पे्रस युनियन बाँकेले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माघ ७ गते बसेको महासंघको बैठकले शाखाको स्थापना दिवस यही माघ २८ गतेका दिन विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको केही सञ्चार माध्यममार्फत् जानकारीमा आएको थियो । ‘लामो समयदेखि शाखा सल्लाहकारलाई समेत नबोलाई स्वेच्छाचारी ढंगले विभिन्न निर्णय गर्दै आएको शाखाले यसपालि माघ २८ लाई स्थापना दिवस मनाउनेसम्मको आपूmखुसी निर्णय गर्नुले बहुमतको दम्भमा हिँड्न खोजेको हाम्रो ठहर छ,’ युनियन बाँकेका सचिव अर्जुन ओलीले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यस अघिका दिनमा पनि स्थापना दिवसबारे छलफल भएपनि त्यसबारेको अन्तिम निर्णय विचाराधीन रहेको कारणबाटै स्थापना दिवस हालसम्म नमनाइएको सम्बद्ध विषयका जानकार साथीहरुमा विदित नै छ, यसका बावजुद शाखा स्थापना दिवस जस्तो महत्वपूर्ण तिथिलाई बिना कुनै ठोस आधार र साझा सहमति नलिई हचुवाको आधारमा निर्धारण गर्नुले नेतृत्व आफ्नो भूमिकाप्रति गम्भीर नरहेको महसुस गराएको छ, तसर्थ यसलाई तत्काल सच्याउन हुन ध्यानाकृष्ट गराउँदछौं ।’

यस अतिरिक्त संगठनको नयाँ सदस्यता आह्वानका सम्बन्धमा सदस्यता वितरण समिति गठन निर्णयसमेत विधिसम्मत नरहेको भन्दै सो निर्णय पनि सच्याइनु पर्ने युनियनले सुझाव दिएको छ । छाता संगठनका रूपमा स्थापित महासंघको नेतृत्व सार्वजनिक रूपमा तथा संगठनका सदस्यबीच साझा चरित्र स्थापित गर्नुको साटोे कुनै कारण वा प्रभावबाट प्रभावित भएको आशंका उब्जाउने वातावरण दिन नहुनेतर्फ सचेत भइरहनुपर्ने युनियनले भनेको छ । विज्ञप्तीमा अगाडी भनिएको छ, ‘खासगरी कुनै निर्णय गर्दा कुनै एक प्रकृतिको मामिलामा कोही दण्डित हुने र कोही दण्डमुक्त रहने निर्णय सर्वथा पक्षपाती तथा भेदभावपूर्ण सोंचले पे्ररित रहेको भन्दा अतिशयोक्ति हुँदैन ।’

महासंघले सदस्यता शुद्धीकरण तथा स्वेच्छिक अवकाशका नाममा नेपाल पे्रस युनियनकी पूर्व केन्द्रीय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरलाई कुनै जानकारी नदिई एक्कासी साधारण सदस्यताबाट बिदा गर्ने भनी गरिएको निर्णय यस्तै सोंच र व्यक्तित्वको मानमर्दनबाट अभिपे्ररित रहेको पनि युनियनले ठहर गरेको उक्त विज्ञप्तीमा जनाइएको छ । ‘उल्लिखित विषयमा महासंघको स्पष्ट धारणा तत्काल आउनुपर्ने हाम्रो माग रहेको छ, यसतर्फ बेवास्ता गरिएमा महासंघको कुनैपनि गतिविधिमा युनियनको नैतिक समर्थन र भौतिक सहभागिता नरहने पनि चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रेस युनियन बाँकेले निकालेको विज्ञप्ति । 

Womui
Womui