बाँकेको जानकी गाउँपालिकामा आगलागी

125

नेपालगन्ज-बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बन्जाडे गाउँमा शुक्रबार दिउँसो २ वटा घरमा आगो लागेको छ । आगलागीबाट मेराज बागवान र सन्तोष तमोलीको घरमा क्षति पुगेको छ । स्थानीय बासिन्दा ओमकार बर्माले दिएको जानकारी अनुसार मेराजको भुस राखेको घरबाट आगो सल्किएको हो ।

लगत्तै आगो तमोलीको घरमा पनि सल्किदा क्षति पुगेको हो । तत्काल पुगेको प्रहरी र दमकलको सहयोगमा आगो केहीबेरमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागीबाट मेराजको घरमा रहेको करिव ७ क्वीन्टल गहुँ र काठपात जलेको छ । यस्तै तमोलीको घरमा रहेको सम्पुर्ण सामान जलेको प्रहरीले बताएको छ ।

तस्बिर : सामाजिक सञ्जालबाट साभार
Womui
Womui