पुर्वप्रधानमन्त्री कोइरालाको स्मृतिमा बिरामीलाई फलफुल

125

नेपालगन्ज-पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृति दिवस शुक्रबार बाँकेमा मनाइएको छ । स्वर्गिय कोइरालाको गृहनगर नेपालगन्जमा बिरामीलाई फलफूल वितरण गरेर उक्त दिवस मनाइएको हो । भेरी अञ्चल अस्पतालमा रहेका २ सय बढी बिरामीलाई फलफुल वितरण गरी स्मृति दिवस मनाइएको नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिईन् ।

फलफूल वितरण कार्यक्रममा सभपाति कोइराला, उपसभापति सुनिल नरसिंह राणा, महासमिति सदस्य नारायणप्रसाद गौडेल, जिल्ला सदस्यद्वय सुधान्सु कोइराला र पुरनसिंह ठकुरी, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष पूर्णप्रसाद आचार्य, बिद्यार्थी नेताहरु चेतनारायण शर्मा, चन्द्र प्रकाश देवकोटा, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बीरेन्द्रबहादुर चन्द, अस्पताल विकास समितिका सदस्य टंक काफ्ले लगायतको उपस्थिती थियो ।

स्वर्गीय कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । २०६७ भदौं २५ गतेदेखि नेपाली काँग्रेसको सभापति भएका कोइराला २०७० माघ २७ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालका ३७ औं प्रधानमन्त्री हुनुभएका कोइरालाकै कार्यकालमा संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ जारी भएको थियो । कोइरालाको पालामा संविधान जारी भएकाले उनलाई संविधानका पिता भन्ने गरिएको छ ।

Womui
Womui