ठूला होटेलमै श्रृंखलाबद्ध बलात्कार

101

नेपालगन्ज-नेपालगन्जमा रहेका ठूला होटल नै असुरक्षित देखिएका छन् । श्रृंखलावद्ध तरिकाले नाम चलेका होटलमा नै बलात्कारका घटना हुन थालेपछि सबैको चासो यहाँका होटलतर्फ केन्द्रित भएको छ । एक महिनाअघि मात्र नेपालगन्जस्थित होटल सिग्नेट ईनकृष्णामा एक युवतीमाथी बलात्कार भएको घटना बाहिर आएको थियो । उक्त घटना सेलाउन नपाउँदै बिहीबार राती पुनः नेपालगन्जमा अर्को बलात्कारको घटना सार्वजनिक भएको छ ।

स्थानीय पुष्पलाल चोकस्थित दरबार होटेलमा उक्त घटना सार्वजनिक भएको हो । खाजा खाने बाहानामा आएका युवाहरुले सँगै ल्याएका बालिकालाई बलात्कार गरी फरार हुँदासम्म होटेलले पत्तो पाउन सकेन् । होटलमा ‘खाजा खान’ भनि पुगेकी एक बालिका बलात्कृत भएकी हुन् । बिहीबार राती करिव सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ बर्षिया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले आफै प्रहरीलाई खबर गरेपछि एकजना आरोपी पक्राउ परेका छन्, भने मुख्य आरोपी प्रहरीको आँखा छलेर भागेका छन् । बालिकासँगै आएकी अर्की युवतीलाई बलात्कारको प्रयास गर्ने सुरेन्द्र बुढालाई कोहलपुर प्रहरीले बिहीबार राती नै पक्राउ गरेको छ, भने बलात्कारमा संलग्न रुकुम चौरजहारीका २१ वर्षिय गोपाल ऐरी फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

Womui
Womui