नगरपालिका संघ प्रदेश समिति गठन

154

नेपालगन्ज-नेपाल नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन भएको छ । उक्त समितिको संयोजकमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र सह-संयोजकमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर रहेका छन् ।

यसैगरी सदस्यहरुमा घोराही नगरपालिकाका मेयर नरुलाल चौधरी लगायत १३ सदस्यीय समिति रहेको छ । दाङको तुलसीपुरमा सम्पन्न पाँच नम्बर प्रदेशभरी रहेका नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उक्त समिति गठन गरिएको सहसंयोजक थापाले जानकारी दिईन् ।

Womui
Womui