सिद्धार्थको यात्रा दुई दशक पुरा

105

नेपालगन्ज-पश्चिम नेपालको होटेल व्यवसायमा आफुलाई स्थापित गर्न सफल सिद्धार्थ ग्रुप अफ हस्पीटालिटीकोले आफ्नो व्यवसाय सुरु गरेको दुई दशक पुरा भएको छ । होटेल व्यवसायका साथै सामाजिक कार्यमा समेत योगदान दिँदै आएको ग्रुपले दुई दशकमा आफ्नो क्षेत्र निकै विस्तार गरेको छ । सामाजिक उत्तरदायित्वसहितको व्यवसाय भन्ने मूल उद्देश्य लिएको गु्रपले आफ्नो दुई दशक सफल र उत्साहजनक भएको बताएको छ । दुई दशकमा नै पश्चिम नेपालका अधिकांश मुख्य शहरमा सेवा विस्तार गर्न सकेकोमा खुशी व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्ने कार्यहरुमा सँधै सहकार्य गर्दै जाने बताएको छ ।

सफलताको दुईदशक पुगेको अबसरमा मंगलबार ग्रुपले देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाएको छ । २० औं बार्षिक उत्सबको अबसरमा गु्रपले कैलालीको बलचौर स्थित अनाथालयमा रहेका ११ जना अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै तीन महिनालाई पुग्ने चामल सहित दाल, तेल लगायतका खाद्यान्न तथा त्रिपाल उपलब्ध गराएको छ । यसैगरी गु्रप अन्र्तगतको सामाजिक संस्था साकारले दुवै मृगौलामा गम्भिर समस्या उत्पन्न भई काठमान्डौंको टिचिङ अस्पतालमा उपचार गराई रहेका बिरामी बसन्त कुबरलाई नगद २० हजार पाँच सय एक रुपैया सहयोग गरेको छ । गु्रपको तीनकुने शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा गु्रपका कर्मचारी, पाउना तथा लगानीकर्ता गरी ३३ जनाले रक्तदान गरेका थिए ।

सुर्खेतको बीरेन्द्रनगरस्थित देउती बजैको मन्दिरमा सरसफाई गर्नुका साथै मन्दिरलाई फोहर ब्यवस्थापनमा सहयोग पुराउनका लागि डष्टबिन बाल्टिन उपलब्ध गराएको छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हस्पिटालीटी ब्यवसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल, रिसोर्ट, टे«ड, इष्ट्रिच्युट र सहकारी गरी २० वटा शाखाहरु रहेका छन् । गु्रपले बार्षिक उत्सबकै अवसरमा तीन दिन सम्म सबै शाखामा फुड र वेबरेजमा २० प्रतिशत छुट दिएको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

Womui
Womui