दुर्घटनामा घाईते हल्वाईको मृत्यु

33

नेपालगन्ज-भारतको बहराईचमा भएका सडक दुर्घटनामा गम्भिर घाईते भएका नेपालगन्ज निवासी ईब्राईम हल्वाईको उपचारका क्रममा लखनउमा मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारका लागी लखनउ लगिएको थियो । हल्वाईको लखनउमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्जबाट भारतको लखनउतर्फ जादै गर्दा बहराईचको रिसिया भन्ने ठाउँमा बिहीबार युपी ४० एक्स ६८१४ नम्बरको ‘महिन्द्रा बोलेरो’ जिप युपी २१ ए.एन ७०६२ नम्बरको भारतीय ट्रकमा ठोकिएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी ईब्राईमका बुवा एवम् मुनब्बर मोटर ड्राईभिङ टे«निङ सेन्टरका सञ्चालक मुनब्बर अलि हल्वाई र पुर्वप्रहरी नायव निरिक्षक(सई) रोशन शाहको घटनास्थलमा मृत्यु भएको थियो ।

Womui
Womui