भन्सार छलेर अटो पाटर््स भित्र्याउँदा गाडी नियन्त्रण

70

नेपालगन्ज-भन्सार छलेर भारतबाट अटो पाटर््सका सामान नेपालगन्जतर्फ भित्र्याएको फेला परेपछि प्रहरीले गाडी र संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । नेपालगन्जस्थित संघिय प्रहरी ईकाई कार्यालयले विशेष सूचनाको आधारमा आईतबार साँझ सवा ७ बजेतिर उक्त गाडी, पाटर््स र मान्छोई पक्राउ गरेको हो । दाङ, तुलसीपुर–६ अटो पार्ट्स ब्यापारी श्याम बस्नेतले बा १८ च २९६७ नम्बरको गाडीमा लुकाएर ७६ हजार मुल्य बराबरको अटो पार्ट्स सामान ल्याउँदै गरेका थिए ।

भन्सार छलेर अटो पाटर््स ल्याउन लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले जयसपुरबाट पक्राउ गरेको संघिय प्रहरी ईकाई नेपालगन्जका प्रमुख(एसएसपी) महेशविक्रम शाहले बताए । अटो पार्ट्स बोकेको उक्त गाडीलाई नेपालगन्ज भन्सार कार्यालयभन्दा करिव २ सय मिटर उत्तरतर्फबाट नियन्त्रणमा लिइएको उनले प्रष्ट्याए । शाहले भने, ‘गाडीभित्र बिरामी बच्चा र महिला बसाएर अटो पार्ट्स बोकेर ल्याइएको रहेछ ।’ बरामद गरिएको अटो पार्ट्स सामान, गाडी र बस्नेतलाई आवश्यक कारबाहीका लागी सहित सोमबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने शाहले जानकारी दिए । यसअघि पनि उक्त भन्सार छलेर भित्रिएको एउटा ट्रकलाई संघिय प्रहरी ईकाई कार्यालयले नियन्त्रणमा लिएको थियो ।

Womui
Womui