सेवा प्रवाहका लागि रणनीति बनाइँदै

67

नेपालगन्ज-सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगन्ज उपमहानगरपालिकामा आवश्यक रणनीति तयार पारिदैंछ । उपमहानगरपालिकाले जिआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य सञ्चालनका लागि रणनीति तयार गर्न लागेको हो । उपमहानगरको क्षमता विकासमा जोड दिने गरी उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखा प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि रणनीति निर्माण सम्बन्धी तयारी गरिएको हो ।

 

स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास र प्रर्वद्धनमा अनुभव गरिएका समस्या र आगामी दिनमा अपनाइनु पर्ने रणनीतीमा केन्द्रीत समूहगत छलफल मार्फत सुझाव संकलन समेत गरिएको छ । उपमहानगरपालिकाबाट उपलव्ध सेवा र सुविधामा विपन्न समुदायको सहज पहुँच वृद्धि गर्न सवल पक्ष, कमजोरी, अवसर र चुनौती पत्ता लगाई आवश्यक कार्ययोजना बनाइने भएको हो । जिआईजेडका परामर्शदाता अरुण रेग्मीले विकासमा स्पष्ट र साझा बुझाई तथा दिर्घकालिन योजनासहित कार्यान्वयन प्रक्रियामा जानुपर्नेमा जोड दिए । उपमहानगरपालिकाका प्रमुख डा. धवलसमशेर राणाले दुरदर्शीताका साथ योजनाका लागि तयारी भइरहेको दाबी गरे ।

Womui
Womui