प्रादेशिक महोत्सव आज समापन हुँदै

56

मधु पौडेल (नेपालगन्ज) –बहुउद्देश्यीय सभाहल र प्रर्दशनी स्थल निर्माणका लागि यही माघ ११ गतेदेखि सुरु भएको प्रादेशिक महोत्सव सोमबार समापन हुँदैछ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको महोत्सव १२ औं दिनमा समापन हुने भएको हो । महोत्सव मुल समारोह समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यका अनुसार प्रस्तावित ५ नम्बर प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले महोत्सवको समापन गर्ने भएका छन् । बैश्यका अनुसार दिउँसो करिव साढे १ बजेतिर महोत्सव समापन हुनेछ ।

महोत्सवमा लक्ष्य अनुसार नै कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवबाट एक करोड रकम संकलन हुने लक्ष्य राखेको आयोजकले महोत्सव समापनपछि आर्थिक विवरण समेत सार्वजनिक गर्ने जानकारी दिएको छ । सबैको सक्रियता र समन्वयका कारण महोत्सव शान्तिपूर्ण रुपमा र भव्यता हुन सफल भएको अध्यक्ष बैश्यको भनाई छ । उनले महोत्सवमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । समापनको दिन महोत्सव सम्पन्न गराउन सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने र महोत्सव अवधिभर भएका प्रतियोगिताको विजेतालाई पुरस्कृत समेत गरिने संघका महासचिव अजयकुमार टण्डनले बताए ।

Womui
Womui