प्रादेशिक महोत्सवमा कलाकारले पुर्वमन्त्रीदेखी सिडिओलाई नचाए

35

नेपालगन्ज-नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा मानव सागर उर्लिएको छ । यही माघ ११ गतेदेखि सञ्चालन भईरहेको उक्त महोत्सवमा शनिबार सबैभन्दा बढी दर्शक उर्लिएका हुन् । शनिबार पालो पाएका कलाकारले दर्शकलाई हदै सम्मको मनोरञ्जन दिए । चर्चित गायिका भुमिका गिरीले दर्शकलाई मात्र नभएर आयोजक र अथितिहरु सबैलाई नचाईन् ।

दर्शक दिर्घाका आएर गिरीले गित प्रस्तुत गर्न थालेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मम्मर मर्काकाउँदै नाचेका थिए । प्रमुख जिल्ला अधिकारी केसी सँगै सुरक्षा निकायका प्रमुखले पनि नाँचेर साथ दिएका थिए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायत संघका पदाधिकारीले समेत भुमिकाको प्रस्तुतीमा साथ दिए । चर्चित लोकदोहोरी गायक नविन पौडेले दर्शकलाई उफ्री–उफ्री नचाए । आधुनिक गायिका मिना निरौलाले ‘ठमेल बजार….’ लगायतका गित प्रस्तुत गरी थप माहोल तताईन् ।

मनोरञ्जनात्मक कार्यक्रमका अलावा आफुलाई आवश्यक सम्पूर्ण सामाग्री एकै ठाँउमा उपलब्ध भएपछि जिल्लाबासीहरु महोत्सवप्रति आकर्षित देखिएका थिए । शनिबार मात्र ३५ हजार बढीले महोत्सबको अवलोकन गरेको आयोजकले जनाएको छ । सडक डिभिजन कार्यालय परिसर कारकाँदोमा शनिबार दर्शकको भिड थाम्न सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो । शनिार सार्वजनिक बिदा परेकाले पनि उल्लेख्य मात्रामा दर्शकहरु महोत्सव अवलोकन गर्न आएको महोत्सव मुल आयोजक समितिका संयोजक नन्दलाल बैश्यले बताए ।

Womui
Womui