बाँकेको अगैया नजिक बस दुर्घटना हुँदा १३ यात्रु घाइते

37

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित बैजापुरबाट नेपालगन्ज
आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा
दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी
दिएको छ ।

दुर्घटनाका घाइतेलाई उद्वार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । बस सडकमा नै पल्टिएका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै पनी कमी हुन नदिन बाँके क्षेत्र नम्बर १ क का प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद कृष्णाले घाइतेहरुको उपचारमा गम्भिर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।

Womui
Womui