सार्वजनिक सेवा कर्मचारी संघमा जोशी निर्वाचित

129

नेपालगन्ज-नेपाली काँग्रेस निकट नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँकेको अध्यक्षमा लक्ष्मीराज जोशी निर्वाचित भएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी चयन गरेको हो । निर्वाचन अधिकृत लोकबहादुर शाहका अनुसार संघको महिला उपाध्यक्षमा रमा सिरिस मगर, खुल्ला उपाध्यक्षमा बुद्धिप्रकाश केसी, सचिव अजितबहादुर कार्की र कोषाध्यक्षमा चेतमान कठायत सर्वसम्मत निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मीराज जोशी र निर्वतमान अध्यक्ष रुद्र अधिकारी ।

यस्तै सदस्यमा रेशमलाल आचार्य, पुष्पराज श्रेष्ठ, अवधेशकुमार गोईत, राजेन्द्रकुमार थापा र महिला सदस्यमा सरस्वती कुमारी तथा रानु थापा रहेको निर्वाचन अधिकृत अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए । अधिवेशनको उद्घाटन शत्रमा अधिकांस बक्ताले कर्मचारीका समस्या र चुनौती बारे बोलेका थिए ।

नेपालगन्जमा शनिबार अधिवेशन उद्घाटन गर्दै काँग्रेस बाँकेका सचिव तप्त पौडेल ।

संघका अध्यक्ष रुद्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेल, जिल्ला सदस्य नमबहादुर आलेमगर, संघकी उपाध्यक्ष गंगा क्षेत्री, बिद्युत प्राधिकरण कर्मचारी संघका दुर्गाप्रसाद जैशी, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रिय सदस्य विमलविक्रम पन्त, नेपाल टेलिकम वर्कस युनियनका गोपेन्द्र अधिकारी, टे«ड युनियन काँग्रेस बाँकेका अध्यक्ष बीरेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Womui
Womui