महोत्सवमा दर्शकको सरगर्मी बढ्यो

256

नेपालगन्ज-नेपालगन्जमा जारी प्रादेशिक महोत्सव समापनतर्फ नजिकिँदै गर्दा दर्शकको सरगर्मी बढेको छ । चाडोले दुई महिना अस्तब्यस्त बनेको नेपालगन्जमा बिस्तारै गर्मी बढ्दै जाँदा महोत्सवमा सरगर्मी बढ्दै गएको हो । केही दिनयता तापक्रम बढेपनि महोत्सवको रौनक झन् तात्तिएको छ । यसैबीच महोत्सवको नवौं दिन शुक्रबार पनि महोत्सव परिसर खचाखच भरिएको थियो ।  चर्को गर्मीको प्रवाह नगरी महोत्सवमा सहभागी भएका दर्शकलाई चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले पेट मिचिमिची हँसाएका थिए । स्टेज कमेडीमा पोख्त मानिएका पोखरेलले बाँकेबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका गरे ।

उनले समसामयिक विषयवस्तुमाथी चोटिलो प्रहार गर्दा दर्शकले खुलेर हुटिङ गरे । त्यसैगरी लोकदोहोरी गायक कृष्ण रेउले तथा अनिता चलाउनेले पनि दर्शकलाई मजैसँग नचाउन सफल भए । कार्यक्रमकी सञ्चालिका समेत रहेकी अनिता चलाउनेको उपस्थितीमा साँस्कृतिक कार्यक्रम थप उल्लासमय बनेको थियो । आधुनिक गायिका मेलिना राईले युवापुस्तालाई नचाइँन् । महोत्सवको दशौं दिन शनिबार चर्चित लोकदोहोरी गायक नविन पौडेल महोत्सवमा आउने भएका छन् । पौडेलसँगै आधुनिक गायिका मिना निरौलाले पनि महोत्सवमा प्रस्तुती दिनेछिन् ।

 

Womui
Womui