दुई देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा प्रचण्ड र स्वराजबीच छलफल

55

काठमाडौं-नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सोल्टी होटलमा भएको भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । ‘विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र आगामी दिनमा राजनीतिक स्थायित्व र विकासमा भारतको भरपुर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ दाहालले भने ।

भेटका क्रममा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा औपचारिकरुपमा बधाई दिएको अध्यक्ष दाहालले जानकारी दिए । साथै नयाँ संविधानको मातहतमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ ।

Womui
Womui