ग्रिनेट बम विस्फोट हुँदा ४ सैनिक घाईते

28

काठमाडौं- राजधानीको महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान तालिमका क्रममा ग्रिनेट बम विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर छ । बिहान पिटी खेलिसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको प्रहरीले जनाएको छ । प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन । सैनिक स्रोतका अनुसार, घाइते चारै जनाको अहिले काठमाडौंस्थित बीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

Womui
Womui