काठमाडौंमा कबाब एण्ड ब्रियानी फुड प्रमोशन फेष्टिबल सुरु

233

काठमाडौं-खाना पारखीहरुका साथै भारतबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी डाइनिङ पार्क रेष्टुरेन्ट एण्ड लउञ्च बार पुरानोबानेश्वरले कबाब एण्ड ब्रियानी फुड प्रमोशन फेष्टिबल सुरु गरेको छ । फेबु्रअरी १ अर्थात आजबाट सुरु फेष्टिबल१२ तारिखसम्म सञ्चालन हुनेछ । फेष्टिबलमा भेजिटेबल, चिकेन, मटन सबै प्रकारका कबाब र ब्रियानी रहने आयोजकले जनाएको छ । ग्राहकहरुको चाहनाअनुसार फेष्टिबलमाविभिन्न भेराइटीहरु रहनेछन् ।

भारतीय राजा, महाराजालगायत उच्च वर्गले उपभोग गर्दै आएको कबाब र ब्रियानीको स्वाद फेष्टिबलमा उपलब्ध हुने लञ्च बारका प्रमुख कार्यकारी प्रभुशरण थापाले बताए । फेस्टिबलबारे जानकारी दिंदै पत्रकारसामु उनले भने, ‘विशेषत भारतीय नागरिकहरु र खाना पारखीका लागि यो एक अवसर हो, हामी ग्राहकहरुलाई कबाब र ब्रियानीकोफरक स्वाद दिनेछौं ।’ फेष्टिबलमा एक हजार देखि १२ सय रुपैंयामा कबाब र ब्रियानीको स्वादसँगै मज्जा लिन सकिनेछ । लउञ्च बारले मौसमअनुसार र समयअनुसार हरेक महिना फरक– फरक खाना महोत्सव आयोजना गर्दै जाने पनि जनाएको छ ।

Womui
Womui