भारतको बहराईचमा दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

37

नेपालगन्ज-भारतको बहराईचमा भएको सडक दुर्घटनामा परेर दुई जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी नेपालगन्ज निवासी मुनब्बर अलि हल्वाई र टिकापुर घर भई हाल नेपालगन्जमा बस्दै आएका भुतपुर्व प्रहरी नायव निरिक्षक(सई) रोशन शाहको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतीय प्रहरीले जिप्रका बाँकेलाई दिएको जानकारी अनुसार उक्त दुर्घटना बहराईच जिल्लाको रिसिया भन्ने ठाउँमा बिहीबार बिहान भएको हो ।

नेपालगन्जबाट भारतको लखनउतर्फ जादै गरेको अवस्थामा युपी ४० एक्स ६८१४ नम्बरको ‘महिन्द्रा बोलेरो’ गाडी रोकिराखेको युपी २१ ए.एन ७०६२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । सोही दुर्घटनामा परेर नेपालगन्ज निवासी मृतक मुनब्बरकै छोरा ईब्राईम हल्वाई तथा काठमाडौं घर भएका अमुन खड्का र संग्राम शाह घाईते भएका छन् । उनीहरुलाई उपचारका लागी लखनउ लगिएको बताइएको छ ।

दुर्घटनाको एकिन कारण भने खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ । मृतक मुनब्बर नेपालगन्जमा लामो समयदेखी ड्राईभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । उनले नेपालगन्जमा सञ्चालन गर्दै आएको मुनब्बर मोटर ड्राईभिङ सेन्टर यसक्षेत्रकै पुरानो मोटर ड्राईभिङ सेन्टरका रुपमा चिनिन्छ । मृतक मुनब्बर गत प्रतिनिधि सभा निर्वाचनमा नेपाल संघिय समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए ।

Womui
Womui