ज्योतीले तताईन् नेपालगन्ज

167

नेपालगन्ज-उत्तेजित प्रस्तुतीका कारण सधै चर्चा र विवादमा आइरहने लोक गायिका ज्योती मगरले बुधबार नेपालगन्जमा धुलो उडाउने गरी युवाहरुलाई उफारिन् । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको सातौं दिनमा गायिका मगरले स्टेजमा गित गाइरहँदा युवाको भिडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समेत निकै हम्ये हम्ये पर्यो । गित गाउँदा गाउँदै शरिरका कपडा खोलेर उत्तेजित नृत्य गर्न सुरु गरेपछि महोत्सव हेर्न आएका युवाहरु निकैबेर उफ्रिए ।

एकछिन त महोत्सव परिसर नै युवाको जोशका कारण धुलोले घेरिएको थियो । अर्धनग्न भएर कामुक नृत्य गर्न थालेपछि युवाहरुले पनि सँगै नाच्न सुरु गरेका थिए । जसका कारण महोत्सव अवलोकन गर्न गएका जेष्ठ नागरिकलाई भने निकै असहज महसुश भएको देखिन्थ्यो । भने युवाहरु भने ज्योतीको प्रस्तुतीमा निकै उत्साहित भएर सहभागी भएका थिए । ‘जिम्मल बा की छोरी’ लगायत आर्धा दर्जनबढी चर्चित गीत गाएकी मगरलाई हेर्न ठुलो सँख्यामा दर्शकहरु महोत्सव स्थलमा प्रवेश गरेका थिए । अघिपछि खासै दर्शन नहुने महोत्सव स्थल बुधबार भने ज्योतीको आगमनले युवाको जमातले भरिएको थियो ।

Womui
Womui