ओभरलोड गरेका ट्याक्टर नियन्त्रणमा

172

नेपालगन्ज-ओभरलोड गरिएका १४ वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । संघिय प्रहरी ईकाई नेपालगन्जको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्याक्टरले ओभरलोड गरेको जनगुनासो बढ्न थालेपछि संघिय प्रहरी ईकाईको टोलीले फुलटेक्रा, पुरैनी, पुरैना लगायत स्थानबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्याक्टरलाई प्रहरीले आवश्यक कारबाहीका लागी बुधबार नै जिल्ला समन्वय समिति समक्ष बुझाएको छ ।

नेपालगन्जमा बुधबार प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर । तस्बिर : मधु पौडेलओभरलोड गरेर डुडुवा गाउँपालिका क्षेत्रबाट आउँदै गरेका ट्याक्टरलाई नियन्त्रणमा लिइएको संघिय प्रहरी ईकाई नेपालगन्जका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) महेशविक्रम शाहले जानकारी दिएका छन् । ट्राफिक प्रहरीलाई नै प्रभावमा पारेर ट्याक्टरले ओभरलोड ढुंगा, गिट्टी, बालुवा र मोरङ ढुवानी गर्दै आएको स्थानीय बासिन्दाले प्रहरीलाई सूचना दिएका थिए । नियन्त्रणमा लिइएका ती ट्याक्टरलाई आवश्यक कारबाहीका लागी जिल्ला समन्वय समिति समक्ष बुझाइएको शाहले बताए । यता जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरिक्षक होमबहादुर थापाले ओभरलोड बोक्ने ट्याक्टरलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको जिकिर गरेका छन् । उनले भने, ‘हामीले कारबाही गरेकै छौं, तर कतिपय अवस्थामा अटेरी गरेर ट्राफिकलाई छलेर नेपालगन्ज भित्रिन्छन् ।’

Womui
Womui