प्रादेशिक महोत्सवमा धमाधम आर्थिक कारोबार

64

नेपालगन्ज-नेपालगन्जको कारकाँदोमा सञ्चालित प्रादेशिक महोत्सवमा बालबालिकाको खेलौनादेखि गाडीहरु विक्री हुने गरेका छन् । महोत्सव औपचारिकतामा मात्र होईन ठुलो व्यवसायिक कारोबार गर्ने माध्यम बनेको पाइएको छ । मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यका अनुसार महोत्सवमा साना सामानदेखि मोटरसाईकल, जिप, ट्याक्टर, बसको समेत कारोबार भइरहेको छ ।

कसैले महोत्सवबाट खरिद बिक्री गरिरहेका छन्, भने खरिद विक्रीका लागि सम्पर्क शुत्र समेत बनाएका छन् । ‘महोत्सवहरु औपचारिकतामा मात्र सिमित नहुने रहेछ,’ बैश्यले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने रहेछ ।’ विभिन्न कम्पनीले महोत्सवमा आर्कषक छुट समेत दिएका छन्, जसकारण विक्री वितरणमा आर्कषण देखिएको छ । युनाईटेड मोटर्सका प्रबन्धक डम्बर बि.सीले हरेक सामाग्रीको विक्री वितरणका लागि महोत्सव उपयुक्त माध्यम बनेको बताए । प्रादेशिक महोत्सवमा प्रित ट्याक्टरको सोरुम राखेका उनले ट्याक्टर विक्रीमा आर्कषक पुरस्कार राखिएको बताए । जमंगलम सिमेन्ट उद्योग, शिखर प्लाईउड, जस्ता स्थानीय कम्पनीले सहुलित दरमा आफ्ना सामाग्रीको विक्री वितरण गरिरहेका छन् ।

स्थानीय तयारी पोशाक, विभिन्न घरायासाी सामाग्रीका उत्पादक, प्राविधिक सामाग्री, खाद्यान्न सामाग्री धमाधम बिक्री भइरहेका छन् । यही माघ २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने उक्त महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन् । पाँच लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य लिइएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजयकुमार टण्डनले बताए ।

Womui
Womui