नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेमा सुवेदी

145

नेपालगन्ज-नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको अध्यक्षमा बामदेव सुवेदी निर्वाचित भएका छन् । नेपालगन्जमा शनिबार राती सम्पन्न नेकपा एमाले निकट उक्त संगठनको १२ औं जिल्ला अधिवेशनले नयाँ कार्यमिति पदाधिकारी चयन गरेको हो । उक्त संगठनको महिला उपाध्यक्षमा रेखा धिताल र खुल्ला उपाध्यक्ष दानबहादुर बि.सी तथा सचिवमा दिलबहादुर के.सी, सह-सचिव पद्मा शर्मा, कोषाध्यक्ष ओमप्रकाश पुन र सह-कोषाध्यक्षमा कल्पना जोशी निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बामदेव सुवेदी ।

उक्त अधिवेशनले सदस्यमा जितबहादुर थापा, पुरन थारु, प्रेमलाल शर्मा, रेशमलाल चापागाईं, बेदबहादुर डाँगी, प्रेमप्रकाश बि.सी, चुडामणी पोखरेल, लक्ष्मणप्रसाद आचार्य, जाकिर सिद्धकी, संजिव चौधरी, बिद्यादेवी बि.क, पद्मा कुमारी दर्लामी, मीना देवी यादव, सीतादेवी शर्मा, जमुना कुमारी रोकाय र ताराकुमारी न्यौपाने निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले संगठनको केन्द्रिय प्रतिनिधिका रुपमा एकदेव पन्थी, आनन्द प्रसाद भट्टराई, सुन्दर गुरुङ, ऋषीराम सापकोटा र गोमा पोखरेल चयन गरेको छ ।

 

Womui
Womui