आय आर्जनका लागि महिलालाई सिपमुलक तालिम

168

दाङ-महिलालाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरीएको छ । महिलालाई सिप सिकाई व्यवसायिक तथा आर्य आर्जनमुखी गराउने उद्देश्यले तुलसीपुर–५ का महिलालाई विभिन्न सिप मुलक तालिम दिन सुरु गरिएको वडा अध्यक्ष बीरेन्द्र शाहले जानकारी दिए । सो वडाले महिलाको बृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाको रुची अनुसार एक सय ४७ जना महिलालाई विभिन्न सिप मुलक तालिम सञ्चालन गरेको जनाएको छ ।

वडाले रु आठ लाख बजेट छुट्याएर ४५ जना महिलालाई कम्प्यूटर तालिम, ३० जना महिलालाई हाते बुनाई (बुटिक) तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरुलाई छापा खाना सम्बन्धी तालिम दिन सुरु गरीएको वडा सदस्य सुरेश श्रेष्ठले बताए । त्यसैैबीच महिलाका लागि आयआर्जन तथा शिप विकासका लागि हाते बुनाई तालिमको उद्घाटन गरिएको छ । कामना कटाई सिलाई टेनिङ सेन्टर तुलसीपुरको आयोजना तथा वडा नम्बर ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरुको सहमागीता रहेको छ ।

सेन्टरकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष बीरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्ता कार्यक्रमले महिलालाई आय आर्जनमा सहयोग पुग्ने बताएका थिए । सो अवसरमा वडा अध्यक्ष शाहले आगामी दिनमा पनि यस्ता कार्याक्रमलाई निरन्तरता दिने बताएक । वडा सदस्य सावित्रा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ध्रुब आचार्यले गरेका थिए ।

Womui
Womui